बिशेष

चिसोका कारण जाजरकोट भूकम्प पीडित थप समस्यामा

हिमालय टिभी
२०८० मंसिर १२ गते १३:१४
चिसोका कारण जाजरकोट भूकम्प पीडित थप समस्यामा

१२ मंसिर २०८० जाजरकोट । जाजरकोटमा भूकम्पपीडित बढ्दो चिसोका कारण थप समस्यामा परेका छन् ।

उचित बासस्थान नहुँदा त्रिपालको सहारामा बसेका पीडितमा विभिन्न स्वास्थ्य समस्या देखिएको हो। बालबालिका, वृद्धवृद्धा, सुत्केरीमा बढी समस्या देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार एक हजार ७६ सुत्केरी त्रिपालमुनि बस्न बाध्य छन् । पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्।

एक हजार ८३२ दीर्घरोगी र ८५० अपांगता भएका व्यक्ति पनि समस्यामा छन्। पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकाले भने आंशिक ५५ वटामा क्षति भएको छ। जसका कारण उपचारमा पनि समस्या भएको छ । चिसोका कारण हालसम्म १३ जना भूकम्पपीडितको मृत्यु भएको छ ।

गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्