प्रहरी सेवामा कार्यरत एक सयको हाराहारीमा सम्पर्कविहीन (भिडियो रिपोर्टसहित)
११ मंसिर २०८० काठमाडौं । औषतमा प्रहरी सेवामा कार्यरत एक सयको हाराहारीमा सम्पर्कविहीन हुने गरेका छन् । सम्पर्कविहीन हुनेमा अधिकांश कनिष्ठ प्रहरी हुने गरेका छन् ।
एक प्रहरी जवानका लागि भर्ना प्रक्रियादेखि तालिम सम्पन्न हुनेबेलासम्म राज्यकोषको झण्डै ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ भने प्रहरी निरीक्षकका लागि ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । तर, जब प्रहरी योग्य हुन्छन् तब सम्पर्कविहीन हुने गरेका छन् ।
सुरक्षा संयन्त्रमा काम गर्न तालिम लिइसकेका प्रहरीले जागिरका लागि सम्बद्ध नहुँदा एकातिर लगानी बालुवामा पानी हाले सरह हुन्छ भने अर्कोतिर सुरक्षा चुनौति थप्छ । सरकारले उनीहरु किन छाड्दैछन् भन्ने खोज गर्न चासो देखाएको पाइँदैन ।
प्रहरी प्रधान कार्यालयले हालै एउटा सूचना जारी ग–यो । सूचनामा पटक–पटक हाजिर हुन आउन निर्देशन दिंदासमेत वेवास्ता गरेकाले सातदिनभित्र सम्बन्धित कार्यालयमा स्पष्टीकरणसहित हाजिर हुन भनिएको छ । यो तालिम लिइसकेर विना जानकारी वेपत्ता रहेका प्रहरी जवानदेखि अधिकृतसम्मका लागि सूचना हो । लामोसमयदेखि सम्पर्कमा नआएका २६ जनाको नाममै प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
हाल सम्पर्कविहीन रहेका प्रहरी
कार्यालय सहयोगी– ३ जना
प्रहरी जवान– १७ जना
प्रहरी हवल्दार– २ जना
प्रहरी सहायक हवल्दार– ४ जना
अहिले मात्र होइन, प्रहरी कनिष्ठ वेपत्ता हुने संख्या हरेक वर्ष एक सयको हाराहारीमा पुग्ने गरेको छ । पछिल्लो तीन वर्षमा नेपाल प्रहरीको जागिरबाट सम्पर्कविहीन बनेका ३ सय ६४ जना रहेका छन् । २०७८ देखि २०८० सम्मको यो बिवरण हो । जसमध्ये प्रहरी कार्यालय सहयोगी ३२ जना जना ,प्रहरी जवान २३२ जना, प्रहरी सहायक हवल्दार २४ जना, प्रहरी हवल्दार ३३ जना प्रहरी सहायक निरीक्षक ११ जना, प्रहरी नायव निरीक्षक १२ जना र प्रहरी वरिष्ठ नायव निरीक्षक २ जना सम्पर्कबिहीन बनेका छन ।
सम्पर्कमा नरहेका प्रहरीको संख्या
आर्थिक वर्ष– २०७७र७८ स् ८५ जना
आर्थिक वर्ष– २०७८र७९ स् १०६ जना
आर्थिक वर्ष– २०७९र८० स् १५५ जना
सम्पर्कविहीन प्रहरी
२०७७–७८ २०७८–७९ २०७९–८०
प्रहरी कार्यालय सहयोगी ९ ९ १४
प्रहरी जवान ५५ ७५ १०२
प्रहरी सहायक हवल्दार ६ १८
प्रहरी हवल्दार १४ ८ ११
प्रहरी सहायक निरीक्षक ४ २ ५
प्रहरी नायव निरीक्षक ३ ५ ४
प्रहरी वरिष्ठ नायव निरीक्षक १ १
प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम २ बमोजिम सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने उल्लेख छ । सम्पर्क विहीन प्रहरीको परिवारका सदस्यलाई बुझ्दा बिदेश गएको र घरायसी समस्याका कारण सम्पर्कमा नआएको बताउने गरेका छन।
गृह मन्त्रालयको तथ्यांक अनुसार अहिले देशका २९ तहमा प्रहरी चौकी नै छैन । सरकारले ति तहमा प्रहरी चौकी विस्तारको योजना बनाउने हो भने अहिले रहेको प्रहरीको संख्याले पुग्ने देखिँदैन । तर यता प्रहरीहरु सम्पर्कविहीन बन्ने गरेका छन । यस्तो समस्या समाधानका लागि प्रहरी मुख्यालय गम्भीर बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया