बिशेष

बर्दियामा भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु

हिमालय टिभी
२०८० मंसिर ९ गते १२:५१
बर्दियामा भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु

९ मंसिर २०८० बर्दिया । बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् ।

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा भएको आगलागीमा परी तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो ।

ईट्टा माटोले बनेको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनु भएको छ ।

आगलागीबाट ३६ वर्षकी राधा बुढा, ९ वर्षकी मानसी बुढा, ७ वर्षीय कृष चन्द र १८ महिनाका कार्तिक चन्दको घटनास्थलमै मृत्यु भएको थियो । २७ वर्षकी करिश्मा चन्द गम्भीर घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागी हुँदा एकतल्ले घरको तीन कोठे घरको एउटा कोठा पूर्णरुपमा जलेको छ ।

आगलागीको जानकारी लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा घाइतेको उद्दार तथा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्