भौतिक पूर्वाधारको क्षेत्रमा विशेष सतर्कता अपाउनुपर्नेमा राष्ट्रपतिको जोड
६ मंसिर २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा राष्ट्रपति पौडेलले पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गर्नुभयो ।
उहाँले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भुमिका खेल्न आग्रह गर्नुभयो ।
इफाप्का एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था हो ।
प्रतिक्रिया