सर्वोच्च अदालतका लागि ६ जनाको नाम न्यायाधीशका लागि सिफारिस

५ मंसिर २०८० काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ ।
न्यायपरिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुलअजिज मुसलमानलाई न्यायाधीशमा सिफारिस गरेको हो ।
त्यस्तै, वरिष्ठ अधिवक्ता, नेपाल बार एसोसियसनका पूर्वमहासचिव सुनिल पोखरेल र बालकृष्ण ढकाल पनि न्यायाधीश सिफारिस हुनुभएको छ। पोखरेल कांग्रेस र ढकाल एमाले निकट मानिनुहुन्छ ।
अब सिफारिस भएका न्यायाधीशविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा हिजो दिनभर छलफल भए पनि सहमति जुटेको थिएन। सर्वोच्च अदालतमा अहिले ७ न्यायाधिशको स्थान रिक्त छ । यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना नियुक्तिका लागि सिफारिस गरिएको छ ।
बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज भण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा सिफारिस भएका छन्।
प्रतिक्रिया