बिशेष

कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा परेको इजरायलस्थित नेपाली दूतावासद्वारा पुष्टि

हिमालय टिभी
२०८० मंसिर ४ गते १३:०६
कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा परेको इजरायलस्थित नेपाली दूतावासद्वारा पुष्टि

४ मंसिर २०८० काठमाडौं । कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

इजरायलको किब्बुज अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्य विपिन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा विपिनको अवस्थाबारे अहिलेसम्म यकिन गर्न नसकिएको उल्लेख छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले विपिन सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासले दिएको सूचना प्राप्त भएको बताउनुभयो ।

प्रवक्ता लम्सालले विपिनसँग सम्पर्क गर्ने प्रयास भैरहेको र उद्दारका लागि विभिन्न निकायसँग समन्वय गरिने बताउनुभयो । इजरायली सेनाले सामाजिक सन्जाल एक्समा भिडियो शेयर गर्दै गाजाको अल शिफा अस्पताल भित्र हमास लडाकुले लगिरहेका दुई मध्ये एक नेपाली रहेको जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्