छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

३ मंसिर २०८० काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ।
कार्तिक शुक्ल चतुर्थीमा व्रत विधि सुरु गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत पूरा हुन्छ। छठमा व्रत बस्न नसक्नेले व्रत गर्ने अर्कोबाट कामना पूरा गराउने गर्छन् ।
छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। काठमाडौंको गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थल निर्माण गरिएको छ ।
विशेषगरी मिथिलाञ्चलमा मनाइने छठ पछिल्लो समय अरु क्षेत्र र समुदायका नागरिकले पनि मनाउँदै आएको पाइन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम छ ।
छठपर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठले राष्ट्रिय एकता सुदृढ गर्न,आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया