बिशेष

लप्सीफेदीमा सब–स्टेसन सुरक्षा पोष्ट स्थापना गर्न पुगेका प्रहरीमाथि स्थानीयको आक्रमण

तीन सुरक्षाकर्मी घाइते, १४ जना पक्राउ

हिमालय टिभी
२०८० मंसिर २ गते १२:५३
लप्सीफेदीमा सब–स्टेसन सुरक्षा पोष्ट स्थापना गर्न पुगेका प्रहरीमाथि स्थानीयको आक्रमण

२ मंसिर २०८० काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा सब–स्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सशस्त्र र नेपाल प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन् । १४ जना पक्राउ परेका छन ।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले गएराति चार र आज बिहान १० जना गरी १४ जनालाई पक्राउ गरेको छ । तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङ १० जना पक्राउ परेका हुन ।

हिजो जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका(३ बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००– २२०– १३२– ११ केभी सबस्टेसन निर्माण गर्न लागेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबस्टेसनको सुरक्षाका लागि बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेको बताउनुभयो । त्यसक्रममा डिएसपी राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् ।

झडपका कारण लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन निर्माण नभए काठमाडौंमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा स्थानीय रुष्ट भएको बताउनुभयो । सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ ।

नयाँ खिम्ती(बाह्रबिसे(लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सवस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सवस्टेसन सम्पन्न हुने चरणमा छ ।

लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्