बिशेष

टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा भिन्दाभिन्दै ६ वटा रिट

हिमालय टिभी
२०८० मंसिर १ गते १३:२२
टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा भिन्दाभिन्दै ६ वटा रिट

१ मंसिर २०८० काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, स्वागत नेपाललगायतले ६ वटा छुट्टाछुट्टै रिट पेश गरेका हुन । रिट दर्ता प्रक्रियामा छ ।

सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । गएको कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

रिट निवेदनमा सरकारको निर्णयले नागरिकको अभिव्यक्तिको हक हनन गरेको र स्वतन्त्रतामा अंकुश लगाउने काम भएको दाबी गरिएको छ । संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको निवेदनमा उल्लेख छ ।

अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबीसहित टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्