बिशेष

टिकटक प्रतिबन्धमा राष्ट्रिय सहमति रहेको प्रधानमन्त्रीको दावी

हिमालय टिभी
२०८० कार्तिक २८ गते १३:२९
टिकटक प्रतिबन्धमा राष्ट्रिय सहमति रहेको प्रधानमन्त्रीको दावी

२८ कात्तिक २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको दावी गर्नुभएको छ ।

आज भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्रीले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको दावी गर्नुभएको हो।

उहाँले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताउनुभयो ।

टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको प्रधानमन्त्रीको स्पष्टोक्ति थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतका प्रवर्द्वक शंखधर साख्वाले सामाजिक न्यायका लागि ऐतिहासिक कार्य गरेको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्