गुल्मीको जनबोध मावि : प्रभावकारी बन्दै पढदै कमाउँदै कार्यक्रम (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २६ गते १६:५३
गुल्मीको जनबोध मावि :  प्रभावकारी बन्दै पढदै कमाउँदै कार्यक्रम (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०८० गुल्मी । सरकारले देशका केही सामुदायिक विद्यालयलाई छनोट गरी पढदै कमाउदै कार्यक्रमको सुरुवात गरेको छ । तर कतिपय प्राविधिक धारका विद्यालय सरकारले छनोटमा नपरेपनि पढदै कमाउदै कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेर नमुना काम गरिरहेका छन् ।

विद्यालयको पोशाक । हातमा प्लास्टिकको हजारी बोकेकी यिनी किसान होइनन् । उनी त गुल्मीको जनबोध माविकी छात्रा, परीक्षा ज्ञवाली हुन् । उनी अहिले विद्यालयको प्राङ्गणमा रहेको खुर्सानी रोपेको बारीमा पानी हाल्दैछिन् ।

परीक्षा मात्रै होइन यो विद्यालयमा यसरी विद्यार्थी कहिले खुर्सानी, कहिले च्याउ, धान र फूल खेती गर्छन् । विद्यालयमा माछापालन समेत गरिएको छ । जनबोध माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रममा बालबालिकाको उपस्थितिले यो प्रभावकारी बन्दै गएको छ ।

२०७४ सालदेखि प्राविधिक धारतर्फको बाली विज्ञान विषय अध्यापन सुरु गरेको यस विद्यालयमा अहिले ७८ जना विद्यार्थीले प्राविधिक शिक्षा मात्रै अध्यापन गरेका छैनन्, कृषि सम्बन्धि विविध काम गरेर आम्दानी समेत गरिरहेका छन् । विद्यार्थीले सिप सिक्नुका साथै शैक्षिक खर्च जुटाइरहेका छन् ।

परीक्षाझैँ अन्य बालबालिका पनि प्राविधिक विषय अध्ययन गरेपछि बेरोजगार बस्न नपर्ने भन्दै अहिले विद्यालयको यो कार्यक्रममा सिप सिकेर लाभान्वित भइरहेका छन् । विद्यालयसँग रहेको जग्गाको व्यवस्थापन गरेर कृषि सम्बन्धि क्रियाकलाप बढाउनु पर्ने विद्यार्थीको माग छ ।

वार्षिक एकदेखि डेढ लाखसम्मको विद्यार्थीले कारोबार गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपजले राम्रो बजार पाएका कारण यसलाई थप बढाउँदै लैजाने विद्यालयको योजना छ ।

पढ्दै कमाउने कार्यक्रम आम्दानीको स्रोत मात्रै नभई व्यावहारिक ज्ञान सिक्ने राम्रो अवसर समेत बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *