बिशेष

जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये चार जनाको सनाखत

हिमालय टिभी
२०८० कार्तिक २६ गते १४:३२
जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये चार जनाको सनाखत

२६ कात्तिक २०८० नवलपरासी । नवलपरासी जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये चार जनाको सनाखत भएको छ ।

बुलिङटारबाट कावासोतीका लागि छुटेको लु २ ज ३२ ७० नम्बरको जिप देवचुली नगरपालिका९ स्थित एसमोडमा दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको सनाखत भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय जीप चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा छन् ।

अन्य २ जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी घाइते भएका एक जनाको चितवनमा उपचार भइरहेको छ । बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए । तीब्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्