बिशेष

नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक जना गम्भीर घाइते

हिमालय टिभी
२०८० कार्तिक २६ गते १३:१०
नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक जना गम्भीर घाइते

२६ कात्तिक २०८० पूर्वी नवलपरासी । नवलपरासी पूर्वमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बुलिङटारबाट कावासोतीका लागि छुटेको लु २ ज ३२ ७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा दुर्घटना हुँदा तीन जना महिला र तीन जना पुरुषको मृत्यु भएको हो।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो । तीब्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्