बिशेष

जाजरकोट भूकम्पबाट जोगिएका दुई जनाको चिसोका कारण मृत्यु

हिमालय टिभी
२०८० कार्तिक २५ गते १३:३०
जाजरकोट भूकम्पबाट जोगिएका दुई जनाको चिसोका कारण मृत्यु

२५ कात्तिक २०८० काठमाडौं । जाजरकोट भूकम्पबाट जोगिएका दुई जनाले चिसोका कारण ज्यान गुमाएका छन् ।

शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

वडाध्यक्ष बद्री पन्तले दिएको जानकारी अनुसार रावल दमका बिरामी रहेको र पम्फा निमोनियाले थला परेका कारण मृत्यु भएको हो । माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन् ।

चिसोका कारण निमोनिया भएकी उनको दल्लीस्थित नगर अस्पतालमा मृत्यु भएको हो ।ता मृतक रावलको परिवारलाई वडा कार्यालयमार्फत मंगलबार र बुधबार त्रिपाल दिइएको थियो । वडाध्यक्ष पन्तका अनुसार वडा ४ मा ३ सय ७५ घरधुरीमध्ये झन्डै ३० ज्येष्ठ नागरिक दम, बाथरोग र मुटुरोगका बिरामी छन् ।

त्यस्तै वडामा ३० जना सुत्केरीलाई पनि चिसो कटाउन निकै सकस भएको छ । स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक–एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्