Main News

भूकम्पबाट क्षतिग्रस्त पार्क भ्यू होराइजन : स्थानीयमा त्रास (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २१ गते १६:०७
भूकम्पबाट क्षतिग्रस्त पार्क भ्यू होराइजन : स्थानीयमा त्रास (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०८० काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको धापासीस्थित पार्क भ्यू होराइजन अपार्टमेन्टका कारण वरपरका स्थानीयबासी अहिले पनि त्रसित छन् ।

रातो स्टिकर पाएर मानिस बस्नै नमिल्ने भनिएको अर्पाटमेन्ट नभत्काई पुनर्निर्माणका नाममा टालटुल गर्न थालिएपछि स्थानीयवासीमा त्रास बढेको हो ।

काठमाडौंका धापासीस्थित यो पार्क भ्यू होराइजन अर्पाटमेन्ट ७२ सालको महाभूकम्पले चिरा चिरा परेर बस्नै नमिल्ने भयो । भवनका धेरै पिलर समेत कयौं स्थानमा चर्किए र भाँचिए । सरकारले तत्कालै अपार्टमेन्टमा रातो स्टिकर लगाएर खरताको संकेत दियो ।

भूकम्पले क्षति गरेपछि अपार्टमेन्ट खरिद गरेकाहरु सबैभन्दा बढी मर्कामा परे पनि वरपरका बासिन्दालाई नखाएको विष लागे जस्तो भयो । भत्किन लागेका अग्लाअग्ला भवनको त्रासले कयौँ दिनसम्म बास नै छाडेर स्थानीय बाहिर बस्न बाध्य भए ।

स्थानीयले सकेसम्म भवन पुरै भत्काउन र नभए पूर्व स्वीकृति अनुसार ११ तल्ला मात्रै बनाउनु पर्ने माग राख्दै आएका छन् ।

निर्माण सुरु भएदेखि नै स्थानीयले अपार्टमेन्ट धेरै अग्लो नबनाउन दवाव दिएका थिए तर दबाबका बाबजुद साढे १७ तल्लाको अजंगको भवन बनाइयो । बनाउँदा नै बदमासी भएर हुन सक्छ भूकम्पको एक झड्कामै अपार्टमेन्ट क्षतविक्षत भयो ।

बस्नै नमिल्ने गरी चर्किएको यो अपार्टमेन्ट अहिले भने धमाधम पूर्ननिर्माणको काम भैरहेको छ । यो अपार्टमेन्ट भारतको बहुराष्ट्रिय कम्पनी आरजे कर्पको सहायक कम्पनी बरुण डेभलपर्स प्रा।लीको स्वामित्वमा निर्माण भैरहेको छ । पुर्ननिर्माण र भूपम्पले अपार्टमेन्टमा पारेको असरका बिषयमा हामीले कम्पनीका प्रतिनिधिहरुसंग सम्पर्क गर्ने प्रयास गर्यौं । तर अपर्मामेन्ट निर्माणमा खटिएका कर्मचारीले जिम्मेवार व्यक्ति भारतमै रहेको बताए ।

भूकम्पबाट क्षतिको अध्ययनका लागि बरुणले नै जापानी कम्पनी मियामोतोलाई जिम्मा दिएको थियो । उस्को अध्ययन्को प्रतिवेदनका आधारमा सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत दिएपछि अहिले कम्पनीले अपार्टमेन्टमा भएका पाँच वटा टावरको पुर्न निर्माण गरिरहेको छ । कम्पनी आफैंले अध्ययन गराएकाले मियामोतोको अध्ययन प्रतिवेदन माथि पनि प्रयाप्त शंका गर्ने आधार छ । यो भवन निर्माणपछि २ सय १२ इकाइमा सयौं मानिस बसोबास गर्ने भएकाले भोलिका दिनमा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण छ ।

विगतमा अपार्टमेन्ट निर्माणकै क्रममा त्रुटि नभएको भए सात दशमलव ८ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति नपुर्‍याउन सक्थ्यो । अर्कोतर्फ सरकारी कर्मचारीलाई प्रभावमा पारेर कम्पनीले सुरुमा ११ तलाको स्वीकृत लिएर पछि थप गर्दै साँढे १७ तल्ला सम्म बनाएको तथ्यले पनि अहिले पुर्ननिर्माणको स्वीकृत पाउनुमा पनि कतै मिलेमतो त छैन भन्ने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *