बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान मोन्लम पूजा शुरु (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १९ गते १६:४४
बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान मोन्लम पूजा शुरु (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०८० रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान मोन्लम पूजा सञ्चालन गरिएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका आनी संघले शनिबार तीन दिने मोन्लम पूजा शुरु गरेको हो । विश्वभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि बार्षिक रुपमा यस्तो पूजा गर्ने चलन छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा रिपोन्छे खेन्छेन पेमा शेर्पा र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा र अन्य लामागुरुहरु यसैगरी मोन्लम पूजा गरिरहनुभएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान अर्थात मोन्लम पूजा गरिएको हो ।

बौद्ध धर्मको महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका आनी संघको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा पूजा शुरु गरिएको हो । मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको रुखुमुनी विश्व शान्ति र मानव कल्याणको प्राथना सहित मोन्लम पूजा गरिएको हो ।

भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहन्छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

नेपाल बौद्ध लोट्स श्रमणेरिका ९आनी० संघले प्रत्येक वर्ष लुम्बिनी स्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै ६ बर्षदेखि मोन्लम पूजा हुँदैछ ।

मोन्लम जस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटन भित्र्याउन ठूलो सहयोग गर्छ । यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्बर र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने कोषले जनाएको छ । लुम्बिनीमा यस्ता गतिविधिले धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *