बिशेष
ट्वेन्टी(ट्वेन्टी विश्वकप छनोटको फाइनलमा नेपालद्वारा ओमानसामु १८५ रनको लक्ष्य प्रस्तुत
२०८० कार्तिक १९ गते १२:५३

१९ कात्तिक २०८० काठमाडौं । ट्वेन्टीट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटको फाइनलमा ओमान नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली नेपालले निर्धारित ओभरमा ६ विकेट क्षतिमा १८४ रन बनायो ।
एक समय ६० रनमा ४ विकेटको अवस्थामा रहेको नेपाली इनिङ गुल्शन झा र कप्तान रोहितकुमार पौडेलले सम्हाले । झा ५४ रनमा पेभेलिएन फर्कंदा पौडेल ५२ रनमा अविजित रहे ।
झा र पौडेलले पाँचौ विकेटका लागि २९ बलमा ५० रनको साझेदारी गरेका थिए । त्यस्तै करण केसी २० रनमा नटआउट रहँदा कुशल भुर्तेल ३१, सन्दीप जोरा १०, आशिफ शेख ६, कुशल मल्ल ३ र विवेक यादव १ रनमा आउट भए । बलिङमा ओमानका बिलाल खानले ३ तथा अकिब इल्यासले दुई विकेट लिए ।
प्रतिक्रिया