बिशेष

इपिसेन्टर पश्चिम नेपाल : शक्तिशाली भूकम्पको जोखिम कायमै, ८ म्याग्नेच्युडको भूकम्प जाने शक्ति सञ्चित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १८ गते २०:२४
इपिसेन्टर पश्चिम नेपाल : शक्तिशाली भूकम्पको जोखिम कायमै, ८ म्याग्नेच्युडको भूकम्प जाने शक्ति सञ्चित (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०८० काठमाडौं । शुक्रबार जाजरकोटाको रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । यो सहित नेपालमा गत वैशाखयता मात्रै ४ म्याग्निच्युडभन्दा माथिका ५० वटा भूकम्प गएका छन् ।

त्यसमध्ये ३८ वटा भूकम्पको केन्द्रविन्दु पश्चिम नेपाल विभिन्न जिल्ला छन् । यसले पश्चिम नेपालमा भूकम्पीय जोखिम अझै कायमै रहेको संकेत गरेको छ ।

शुक्रबार मध्यरातमा जजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख यता नेपालमा ४ म्याग्निच्युडभन्दा माथिको ५० वटा भुकम्प गएकोमा पश्चिम नेपाललाई केन्द्र बनाएर शनिवारसम्म ३८ वटा भूकम्प गएको छ ।

यस वर्षको सुरुवातमै पश्चिम नेपाललाई केन्द्र बनाएर भूकम्प गयो । बाजुरा केन्द्रविन्दु बनाएर वैशाख १० गते ४ दशमलव १ र वैशाख १४ गते ४ दशमलव ९ म्याग्नेच्युडको भुकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर २०७२ वैशाख १२ मा आएको भुकम्पले पश्चिम नेपालमा त्यती प्रभाव पारेको थिएन । तर त्यसयता पश्चिम नेपालमा पटकपकट भुकम्प र पराकम्प गइरहेको छ। धक्का बारम्बार आइरहेको अवस्थामा त्यहाँ ठूलो भूकम्प जाने चेतावनी दिइरहेका छन् ।

वैशाख यता कहाँ, कत्रो भूकम्प ?

मितिः २०८० वैशाख १० गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० वैशाख १४ गते
म्याग्निच्युडः ४.९
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० वैशाख १५ गते
म्याग्निच्युडः ५.९
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० वैशाख १५ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० वैशाख १८ गते
म्याग्निच्युडः ४
केन्द्रविन्दुल् हुम्ला

मितिः २०८० वैशाख २१ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० वैशाख २८ गते
म्याग्निच्युडः ४।३
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० जेठ ७ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः रुकुम पश्चिम

मितिः २०८० जेठ ८ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० जेठ १० गते
म्याग्निच्युडः ४.५
केन्द्रविन्दुः बझाङ

मितिः २०८० जेठ २९ गते
म्याग्निच्युडः ४.४
केन्द्रविन्दुः बाजुरा

मितिः २०८० असार ५ गते
म्याग्निच्युडः ४
केन्द्रविन्दुः दार्चुला

मितिः २०८० असार ८ गते
म्याग्निच्युडः ४
केन्द्रविन्दुः लमजुङ

मितिः २०८० असार २८ गते
म्याग्निच्युडः ४.६
केन्द्रविन्दुः हुम्ला

मितिः २०८० साउन ३ गते
म्याग्निच्युडः ४
केन्द्रविन्दुः कास्की

मितिः २०८० भदौं १५ गते
म्याग्निच्युडः ४
केन्द्रविन्दुः भोजपुर

मितिः २०८० असोज १ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः पाँचथर

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ५.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ६.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ५.१
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ४.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ५
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १६ गते
म्याग्निच्युडः ५
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १७ गते
म्याग्निच्युडः ४.१
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १७ गते
म्याग्निच्युडः ४.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १७ गते
म्याग्निच्युडः ४.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज १८ गते
म्याग्निच्युडः ४.५
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज २० गते
म्याग्निच्युडः ५.३
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज २५ गते
म्याग्निच्युडः ५.२
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज २६ गते
म्याग्निच्युडः ४.४
केन्द्रविन्दुः बाग्लुङ

मितिः २०८० असोज २६ गते
म्याग्निच्युडः ५
केन्द्रविन्दुः बझाङ

मितिः २०८० असोज २९ गते
म्याग्निच्युडः ४.८
केन्द्रविन्दुः भारत र दार्चुलाको सिमा क्षेत्र

मितिः २०८० कात्तिक १ गते
म्याग्निच्युडः ४.६
केन्द्रविन्दुः बझाङ

मितिः २०८० कात्तिक ५ गते
म्याग्निच्युडः ४.२
केन्द्रविन्दुः धादिङ

मितिः २०८० कात्तिक ५ गते
म्याग्निच्युडः ५.१
केन्द्रविन्दुः धादिङ

मितिः २०८० कात्तिक १७ गते
म्याग्निच्युडः ६।४
केन्द्रविन्दुः जाजरकोट

पश्चिम नेपालमा शताब्दीयता ठूलो भूकम्प नगएकाले भूकम्पको शक्ति सञ्चित भएको र जुनसुकै बेला यो भन्दा ठूलो घटना हुन सक्ने चेतावनी भुगर्भविदहरुले दिँदै आएका छन् । शुक्रबारको भुकम्पले पनि त्यो जोखिम नहटाएकाले त्यस क्षेत्रका नागरिकहरु अझ बढी सहज हुन आवश्यक रहेको विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *