Main News

राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघ दोस्रो साता निर्वाचन गर्न आयोगको प्रस्ताव

हिमालय टिभी
२०८० कार्तिक १५ गते १३:०८
राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघ दोस्रो साता निर्वाचन गर्न आयोगको प्रस्ताव

१५ कात्तिक २०८० काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले माघ १० मा निर्वाचन गर्न प्रस्ताव गर्नुभएको हो।

उहाँले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने समितिलाई जानकारी गराउनुभएको थियो ।

यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको थपलियाले जानकारी दिनुभयो ।

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *