सत्ताको नेतृत्वमा रहेको माओवादी केन्द्रद्वारा आन्दोलन घोषणा
१४ कात्तिक २०८० काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादीले सडक संघर्ष घोषणा गरेको हो ।
आज बिहान जारी सर्कुलरमा माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ गते तयारीमा उत्रन निर्देशन दिएको छ ।
सर्कुलरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोधबारे खबरदारी गरिने उल्लेख छ । माओवादी केन्द्रका प्रवक्ताले अग्निप्रसाद सापकोटाले पहिलो चरणमा काठमाडौंमा र त्यसपछि प्रदेश र पालिका तहसम्म संघर्षको कार्यक्रम पुग्ने जानकारी दिनुभयो ।
उहाँले सरकारको नेतृृत्व पार्टीले गर्दैमा जनता माझ जान नहुने भन्ने नभएको तर्क गर्नुभयो । माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ ।।
प्रतिक्रिया