तिहारमा बढ्यो मादलको माग (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १३ गते १६:१८
तिहारमा बढ्यो मादलको माग (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० धनकुटा । तिहारमा देउसीभैलो खेल्न मादलको प्रयोग हुन्छ । त्यसैले दशैं सकिएर तिहार नजिकिँदै गर्दा नजिकिए संगै मादलको माग बढ्ने गरेको छ । तर पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदै गएको छ । धनकुटा हिलेका छविलाल सार्की भने मादल बनाउने पेसामै रमाइराख्नु भएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर १ हिलेका छविलाल सार्कीलाई नेपालीको दोस्रो महान चाड तिहार नजिकिएसँगै छविलाललाई मादल बनाउन भ्याईनभ्याइ छ ।

करिब दुई दशक यता धनकुटामा एक्लै मादलको माग धान्दै आएका छविलाललाई बिहानदेखि राति अबेरसम्म व्यस्त हुनु परेको छ । मादल बनाउन खमारी, लामपाटो, सिरीस, खीर्रो जस्ता काठ र छाला आवश्यक पर्छ । तिहारमा मादलको माग बढी हुने तर आवश्यक सामाग्री नपाउँदा छविलाललाई समस्या भएको छ ।

छविलालले मादलसहित डम्फु, सारङ्गी पनि बनाउने गर्नुभएको छ । बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । मादल बनाउन कठिन छ । आकार अनुसार एउटै मादल बनाउन ३ देखि ५ दिनसम्म लाग्छ । एउटा मादल २ हजार ५ सय देखि १३ हजारसम्ममा विक्री हुँदै आएको छ । छविलाललाई मादल बनाउने पेसामा परिवारको राम्रो साथ छ । श्रीमती, छोरा, भतिजा र नातिहरुले पनि सघाउँदै आएका छन ।

तिहारमा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुने गरेको छ । पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानको प्रयोग बढिरहँदा अन्य पुराना शैलीका बाजागाजा हराउँदै गए पनि मादलको माग उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *