बिशेष

पाल्पामा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०८० कार्तिक ५ गते १८:४६
पाल्पामा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, एक जना घाइते

५ कात्तिक २०८० पाल्पा । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलतर्फ जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

जिप चालक गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको छ ।

सडकबाट घटनास्थल पुग्न ठूलो भिर र पहाड भएकाले पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्