बिशेष

परराष्ट्रमन्त्री कात्तिक १४ गते अमेरिका जाँदै, नेपालप्रति अमेरिकी दृष्टिकोण के ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक ५ गते ६:५४
परराष्ट्रमन्त्री कात्तिक १४ गते अमेरिका जाँदै, नेपालप्रति अमेरिकी दृष्टिकोण के ? (भिडियो रिपोर्टसहित)

४ कात्तिक २०८० काठमाडौं । ५ वर्षपछि नेपालबाट अमेरिकामा पहिलोपटक परराष्ट्रमन्त्रीस्तरीय औपचारिक भ्रमण हुँदैछ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा गएपछि परराष्ट्रमन्त्री एनपी साउद कात्तिक १४ गते अमेरिका जाँदै हुनुहुन्छ ।

भ्रमण आदान–प्रदानमा नेपालबाट भएपछि अमेरिकाबाट पनि परराष्ट्रमन्त्रीस्तरीय भ्रमण हुनुपर्ने हो तर त्यताबाट २१ वर्षसम्म पनि भ्रमण भएको छैन । नेपाल सरकारले अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिकेनलाई नेपाल भ्रमणमा ल्याउन गरेका सबै कोशिस असफल भएपछि परराष्ट्रमन्त्री आफै अमेरिका जाँदै गर्दा नेपालप्रतिको अमेरिकी दृष्टिकोण अझै पनि परिवर्तन हुन नसकेको टिप्पणी भइरहेको छ ।

सन् २०१८ को डिसेम्बरमा प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री रहँदा अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणपछि प्रधानमन्त्री स्तरमा भ्रमण हुने भनिएपनि हुन सकेन । त्यसपछि नारायण खड्का परराष्ट्रमन्त्री बन्नुभयो । उहाँले पनि अमेरिकाका परराष्ट्रमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयास नगर्नु भएको होइन तर, सफल हुन सकेन ।

सन् २०१८ मा नेपालबाट अमेरिकाको औपचारिक स्तरमा परराष्ट्रमन्त्री स्तरीय भ्रमण भइसकेपछि अब पालो अमेरिकाबाट हुनुपर्ने थियो । तर, नेपाल जस्ता मुलुक प्राथमिकतामा नपर्दा फेरि नेपालबाटै कात्तिक १४ गते परराष्ट्रमन्त्री एनपी साउद अमेरिका जान लाग्नुभएको छ ।

अमेरिकाबाट पछिल्लो एक वर्षमा भ्रमण नभएका होइनन् । नेपालमा एमसीसी जारी हुनु अघि र जारी भएपछि थुप्रै सहायक मन्त्रीस्तरको भ्रमण भएका छन् । सहसचिव तहमा भएका भ्रमणलाई उच्चस्तरको भन्न नमिल्ने भएकाले परराष्ट्रमन्त्री एन्टोनी ब्लिङ्केनलाई नेपाल ल्याउनु अपरिहार्य छ ।

अमेरिकाबाट नेपालमा भएका सहायक मन्त्रीस्तरको भ्रमणः

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्ड
भ्रमणः २०७९ माघ १६ देखि १७ सम्म

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसआईडी० की प्रमुख सामन्था पावर
भ्रमणः २०७९ माघ २४ देखि २५ सम्म

अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर
भ्रमणः फागुन २ गते

अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर नेपालमा
भ्रमणः फागुन १ देखि २

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण एसिया हेर्ने वरिष्ठ निर्देशक रियर एड्मिरल इलिन लाउबाचार
भ्रमणः फागुन दोस्रो साता

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का उपाध्यक्ष क्यामरुन एस। एलफोर्ड
भ्रमणः २०८० भदौ १२

अमेरिकी सिनेटर क्रिस भान होलेन
भ्रमणः २०८० भदौ १५

अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ ९सीआईए० का निर्देशक ९प्रमुख० विलियम्स जोसेफ बर्न्सको फागुन ३ को नेपाल भ्रमण प्रधानमन्त्री तहबाटै रोकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ मसान्तमा अमेरिका जाँदा परराष्ट्रमन्त्री साउद पनि अमेरिका जानुभएको थियो । अमेरिका पुग्दा पनि प्रधानमन्त्रीले विश्वासको वातावरण नबनाएका कारण साउदलाई पठाउन लागेको चर्चा चलिरहेको छ ।

कात्तिक १४ गते भ्रमणको मिति तय भएपनि नेपालको एजेन्डा, छलफलका विषय भने तय भएको छैन । एजेन्ड तय नहुँदा अमेरिकाले भ्रमण सार्न दबाब दिइरहेपनि साउद जसरी भएपनि अमेरिका जाने मुडमा हुनुहुन्छ । जब एजेन्डा र छलफलका विषय नै तय नभइ भ्रमणको मिति सार्वजनिक गर्नुको के अर्थ रु अमेरिकाबाट उच्च स्तरीय भ्रमण गराउन नसक्दा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र कुटनीति असफल भइरहँदा फेरि सोही गल्ती दोहोर्‍याउने गरी साउद अमेरिका जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्