बिशेष

बडादशैंअन्तर्गत आज फूलपाती भित्राइँदै

हिमालय टिभी
२०८० कार्तिक ४ गते १२:५९
बडादशैंअन्तर्गत आज फूलपाती भित्राइँदै

४ कात्तिक २०८० काठमाडौं । बडा दशै अन्तरगत आज महासप्तमी। यस दिनलाई फूलपाती भनिन्छ।

नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरेर मनाइँदैछ । महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ । फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्ने गर्द छ ।

घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखि नै सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ । आजैदेखि दशैको विदा पनि सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्