शीतभण्डार चल्यो भुक्तानी बाँकी (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक ३ गते १८:००
शीतभण्डार चल्यो भुक्तानी बाँकी (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०८० पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर २ मुखियाटोलमा ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार परिक्षण सञ्चालनमा आएको छ ।

जिल्ला सहकारी संघले निर्माण गरेर परीक्षणमा ल्याइए पनि अहिलेसम्म भुक्तानी हुन सकेको छैन । निर्माण गर्ने बेलामा प्रदेश तथा स्थानीय पालिकाहरुले वाचा गरेअनुसारको रकम निकासा नगरिदँदा भुक्तानीमा समस्या भएको हो ।

जिल्ला सहकारी संघले निर्माण गरेको शीत भण्डारण परीक्षण सञ्चालामा ल्याइए पनि निर्माण पक्षलाई भुक्तानी भएको छैन । निर्माण गर्ने बेला प्रदेश सरकार र स्थानीय पालिकाले लगानी गर्ने आश्वासन दिएका थिए । तर, अहिले आएर पालिकाले अर्को पालिकामा बजेट पठाउन नमिल्ने जवाफ दिएका छन् । प्रदेश सरकारले पनि रकम निकासा गरेको छैन । अहिले जिल्ला सहकारी संघले विकल्प खोजिरहेको छ ।

शीत भण्डार पूर्णरुपमा सञ्चालन गर्न सुनवल नगरपालिकाले नगरपालिका भित्रका सहकारीहरुसँग समन्वय गरिरहेको छ ।

२५ करोड लागत स्टीमेट रहेको शीत भण्डार २० करोड ९८ लाखमा टेण्डर स्वीकृत भएको थियो । १८ महिनामा सम्पन्न गर्ने गरि विक्याट विल्डर्स काठमाडौंले २०७६ सालमा सम्झौता गरेको थियो ।

नेपाल सरकारको ६० प्रतिशत, स्थानिय पालिकाहरुबाट २० प्रतिशत र सहकारी सस्थाहरुबाट २० प्रतिशत लगानीमा निर्माण गर्ने गरि सुरु भएको शीत भण्डार कोरोनाका कारणले ४ बर्षपछि मात्र सञ्चालनमा आएको हो । यसले स्थानीय स्तरमा उत्पादित कृषि वस्तु भण्डारण सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *