दशैँ मनाउन जानेको भिड, बाहिरिए २ लाख ७० हजार (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १ गते २०:३८
दशैँ मनाउन जानेको भिड, बाहिरिए २ लाख ७० हजार (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०८० काठमाडौं । घटस्थापनादेखि आजसम्म २ लाख ७० हजार मानिसले काठमाडौंँ छोडेका छन् । ट्राफिक प्रहरीको तथ्यांकअनुसार दशैँ मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या दैनिक रुपमा बढिरहेको छ । हालसम्म कुनकुन नाकाबाट कति यात्रु बाहिरिए ?

दशैंको सुरु भएसँगै काठमाडौंका नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रबाट बााहिरिनेको संख्या दैनिकरुपमा बढेको छ ।
उपत्यकाबाट बाहिरिने स्थानहरु नागढुंगा, साँगा भन्ज्याङ लगायतका नाकामा सवारी चाप अत्यधिक रहेको ट्राफिक प्रहरीको भनाइ छ । बुधबार दिउँसोसम्म २ लाख ७० हजारले काठमाडौंँ छोडिसकेका छन् ।

विगतका वर्षमा भन्दा यस वर्ष काठमाडौंबाट बाहिरिनेको संख्या बढी हुने ट्राफिक प्रहरीको अनुमान छ ।

कतिपय व्यक्तिहरु भने चाडपर्वको उत्साहसंगै मंहगी र झन्झटिलो यात्राले भने तनाव सिर्जना गरको बताउँछन् ।

लामो यात्रा गर्नुपर्नेहरुलाई भाडा महंगो पर्ने, गाडी पाउन पनि कठिन हुने र समय पनि बढी लाग्ने भएकाले यात्राअघि नै पीडाबोध महशुस हुने गरेको छ । घर जाँदा सास्ती व्यहोर्नु पर्ने र फर्किँदा पनि उस्तै असहज हुने गरेको कतिपयको अनुभव छ ।

यो दशैँमा १० लाख भन्दा बढी यात्रुले काठमाडौं छोड्ने अनुमान छ । तर दशैँ आउन केही दिन बाँकी रहेको र गाडीमासमेत चाप बढ्दै गएकाले यो संख्या बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *