इजरायल र हमासबीचको युद्धमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

हिमालय टिभी
२०८० असोज २२ गते ८:५१
इजरायल र हमासबीचको युद्धमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

२ असोज २०८० इजरायल । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्धमा मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

हमासले इजरायलका विभिन्न सहरमा गरेको आक्रमणमा ७ सय जनाको मृत्यु भएको छ । २१ सय ५० जना घाइते भएका छन् । इजरायली सुपरनोभा महोत्सवको स्थलमा २ सय ५० भन्दा बढी शव फेला परेको उद्धारकर्ताहरूले बताएका छन् ।

हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा हवाई काराबाही गर्दा ४ सय भन्दा बढीको मृत्यु र २३ सय घाइते भएका छन् । इजरायली रक्षा बल आइडीएफले गाजा पट्टीबाट ३२ सय ८४ रकेट प्रहार गरिएको छ । हामासले यो संख्या ५ हजार भन्दा बढी रहेको बताएको छ ।

इजरायलले ६ सय ५३ रकेट हमासको लक्ष्यमा प्रहार गरेको जनाएको छ । कयौँ मानिस क्षतिग्रस्त भवनको भग्नावशेषमा पुरिएको आशंका छ । शनिवार हमासले अचानक सुरु गरेको आक्रमणमा इजरायलका तेल अभिव तथा जेरुसेलम शहरमा छिरेर कयौँ मानिसलाई बन्धक बनाएको छ ।

हमासले इजरायलमा आक्रमण सुरु गरेपछि लेबनानमा सक्रिय इस्लामिक संगठन हिजबुल्लाहले माउन्ट डोभमा आक्रमण गरेको छ । जसको जवाफ इजरायलले लेबनानका विभिन्न क्षेत्रमा रकट प्रहार गरेको छ ।

इजरायल र हमास विद्रोहीबीचको लडाईँमा केही अरब देशहरु हमासको पक्षमा खुलेका छन् । पश्चिमा देशहरुले इजरायलप्रति सहानुभूति देखाएका छन् । अमेरिकाले इजरायललाई हतियार पठाएर र यस क्षेत्रमा सेना बढाउने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *