मुगुमा सुपथ पसल : सामान कम, भीड बढी (भिडियो रिपोर्टसहित)

२०८० असोज २१ गते २०:५८
मुगुमा सुपथ पसल : सामान कम, भीड बढी (भिडियो रिपोर्टसहित)

२१ असोज २०८० मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आजदेखि सञ्चालनमा ल्याएको शुपथ मूल्य पसलमा सेवाग्राहीको भीड छ । तर, त्यहाँ चामल मात्र शुपथ मूल्यमा बिक्री गरिएको छ । नागरिक भने चामल मात्र नभई दाल, तेल, चिनी लगायतका खाद्यवस्तु पनि बिक्री गर्नुपर्ने माग गरेका छन् ।

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले आइतबारबाट मुगुमा शुपथ मुल्यमा चामल विक्री सुरु गरेको छ । खाद्य कम्पनी मुगुले तीन प्रकारको चामल बिक्री गर्दै उपभोक्तालाई प्रतिकिलो सात रुपैंयाँसम्म छुट दिइरहेको छ ।

छुट मुल्यका चामल पाउन सेवाग्राहीले नागरिकता साथमा लिएर गएमा एक परिवारलाई दुई बोरा चामल उपलब्ध गराएको छ । चाडपर्व लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा विक्री गर्ने योजना बनाएको छ । विगतका बर्षमा चामल अपुग भए पनि यो बर्ष मुगुको लागि पर्याप्त चामल ल्याइएको छ ।

सुपथ मूल्य पसलले नागरिकलाई केही राहत दिएको छ । बजारमा चर्को मुल्य हालेर खाद्यान्न जोहो गर्दै आएका मुगुका नागरिक सुपथ मुल्यमा चामल पाएपछि खुसी छन् । तर, यो सेवा वर्षैभर पाउनुपर्ने उनीहरुको माग छ ।

सुपथ मुल्य पसल सञ्चालन गरेर चामल वितरण गर्दा केहि हदसम्म मुगुवासीलाई सहज भएको छ । तर विगतका बर्ष सुपथ मूल्यमा पाइएको दाल, तेल लगायत अन्य खाद्यान्न भने यो पटक वितरण गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *