Main News

‘जनयुद्ध’ दिवसबारे एमालेको दोहोरो नीति(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज २१ गते ७:३४
‘जनयुद्ध’ दिवसबारे एमालेको दोहोरो नीति(भिडियो रिपोर्टसहित)

२१ असोज २०८० काठमाडौं । नेपालको कम्युनिष्ट पार्टीभित्र एउटा भनाई बहुचर्चित छ, मिल्दा चाटाचट, नमिल्दा काटाकाट । अहिले माओवादी र एमालेबीचको सम्बन्ध त्यस्तै देखिन्छ ।

माओवादी युद्ध सुरु भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसका मनाउने विषयले एमाले आक्रोशित छ। कुनै समय माओवादीको युद्ध स्वीकार गरेर एकता गर्न तयार भएको एमाले अहिले जनयुद्ध दिवसका सन्दर्भमा किन आक्रोशित ?

विगतमा एमाले र माअ‍ेवादी मिलेर नेकपा बन्दा दुई अध्यक्ष थिए, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । ओलीले त नेकपालाई जेट विमानको संज्ञा दिँदै आफूहरुलाई दुई पाइलटसम्म भन्न भ्याउनुभयो । तर, नेकपा नामको पार्टीभित्र ओली र प्रचण्डको सम्बन्ध लामो समय सुमधुर रहन सकेन । अन्ततः नेकपा नामको पार्टी दुई चिरा पर्यो, एमाले र माओवादीकै रुपमा ।

नेकपामा रहँदा फागुन १ गतेलाई जनयुद्ध दिवसकै रुपमा उनीहरुले मनाए । धुम्बाराहीस्थित तत्कलीन नेकपा मुख्यालयमा फागुन १ मा जनयुद्ध दिवसको कार्यक्रम आयोजना भयो । जसमा नेकपाका तत्कालीन महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली लगायत सहभागी भए ।

०७९ फाुगन १ मा सार्वजनिक बिदा दिँदा एमाले स्वयं सरकारमा थियो । तर, अहिले पार्टी विभाजन र गठबन्धनमा फेरबदलपछि भने ओली फागुन १ मा सार्वजनिक विदा दिइएको प्रति आगो बन्नुभएको छ । मंगलबारको संसद बैठकमा उहाँले तत्काल सो बिदा हटाउन अल्टिमेटम नै दिनुभयो ।

माओवादीले ०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो । सोही दिनलाई उसले आफूले सरकारको नेतृत्व गरेको मौका छोपेर ०७९ फागुन १ गते सार्वजनिक बिदा दियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । फेरि पनि फागुन १ मा सार्वजनिक बिदा दिइने ठानेको एमाले त्यसको विपक्षमा उभिएको छ । कहिले सत्तामा सँगै, कहिले एउटै पार्टी हुँदा नरम एमाले अलग हुनासाथ माओवादीप्रति गरुम बन्दा मााअ‍ेवादी नेताहरु आश्चर्य व्यक्त गर्छन् ।

माओवादीसँग पटक पटक सत्ता सहकार्य मात्र होइन एकता नै गरेको हो एमालेले । माओवादी सांसद सँख्याको बलमा ओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति नै बन्नुभयो । आफूलाई चाहिँदा माओवादीलाई अँगाल्नो हाल्न नहिच्किचाउने एमाले छुट्टिनासाथ भने माओवादी आन्दोलनको पृष्ठभूमिमाथि प्रहार गर्न उद्धत हुने गरेको छ । यो भूमिकाले एमालेको दोहोरो चरित्रसमेत उदांगो पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *