बिशेष

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिए राजीनामा

हिमालय टिभी
२०८० असोज २० गते १६:२२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिए राजीनामा

२० असोज २०८० मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गर्नुभएको छ ।

आज प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गर्नुभएको हो । सबै राजनीतिक दलसँग सहकार्य गर्नका लागि राजीनामाको घोषणा गरेको उहाँको भनाइ छ । मुख्यमन्त्रीको राजीनामा सँगै कार्की सरकार कामचलाउमा परिणत भएको छ ।

यसअघि बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने निर्णय गरेको थियो । प्रदेश सभामा विश्वासको मत नपुग्ने भएपछि एमाले संसदीय दल राजीनामाको निर्णयमा पुगेको हो ।

आज प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मतका प्रस्ताव पेश गर्ने कार्यसूची थियो । त्यसलाई आजै निर्णयार्थ प्रस्तुत गरिने भएको थियो । प्रदेश सभामा एमाले ४० सांसद छन्। विश्वासको मत पाउनका लागि ४७ सांसद आवश्यक पर्छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी जसपाका एक सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्