नसच्चिने भए सरकार छाड्न प्रधानमन्त्रीलाई कांग्रेस नेता कोइरालाको चेतावनी

२० असोज २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सच्चिन नसक्ने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छोड्नु पर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको भन्दै सच्चिन नसक्ने भए प्रधानमन्त्रीले छोड्नु पर्ने बताउनुभएको हो ।
उहाँले देशमा अराजकता बढेको भन्दै यस्तो परिस्थितिलाई काँग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी पनि गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले जातिय राज्यको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेता कोइरालाले जातिय राज्य प्रधानमन्त्रीले आफ्नो खल्तीबाट निकालेर दिने हो रु भन्दै प्रश्न गर्नुभयो ।
नेता कोइरालाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएकोमा टिप्पणी गर्नु भयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभए पनि विधिसम्मत हिंड्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया