तीन महिनामै कालोपत्रे उप्किएपछि ठेकेदारले पुनः कालोपत्रे गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १९ गते १३:५८
तीन महिनामै कालोपत्रे उप्किएपछि ठेकेदारले पुनः कालोपत्रे गर्ने (भिडियो रिपोर्टसहित)

१९ असोज २०८० भोजपुर । निर्माण सकिएको तीन महिनामै कालोपत्रे उप्किएको भोजपुर नागरपालिका वडा नम्बर ५ वोखिम स्थित सडक ठेकेदारले पुनः कालोपत्रे गर्ने भएको छ ।

गुणस्तरहीन सडक बनाएको भन्दै स्थानीयले विरोध गर्नुका साथै सम्बद्ध निकायलाई जानकारी गराएका थिए । रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको सो सडकको कालोपत्रे तीन महिनामै उप्किएपछि नागरिक ठेकेदारप्रति आक्रोशित थिए ।

सडकको अनुगमन पछि जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायले अनुगमन गरेको थियो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत १० करोड ५० लाखमा सो सडकको निर्माण कार्य भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *