बिशेष

सरकारको कमीकमजोरी सुधार गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

हिमालय टिभी
२०८० असोज १७ गते १३:३२
सरकारको कमीकमजोरी सुधार गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड

१७ असोज २०८० धनुषा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारका कमी कमजोरी सुधार गर्नुपर्ने पक्षमा रहेको बताउनु भएको छ ।

मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत धनुषाको जनकपुरधाम बोल्दै उहाँले प्रचण्ड नेतृत्वको सरकारमा केहि कमी कमजोरी भएपनि सुधार गर्दै सरकारलाई बचाइ राख्ने जनाउनु भयो ।

अहिलेको अवस्थामा गठन्धनले कांग्रेस बिना काम गर्न नसक्ने पनि उहाँको जिकिर छ । देशमा एक परिवारको शासन र वर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप शुरु भएको भन्दै आफुहरु देशमा भएको परिवर्तनको रक्षाका लागि सधै तत्पर रहने उहाँको भनाइ छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित पार्टीका उपाध्यक्ष, महासचिव सहितका केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्