बिशेष
पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिने सरकारको निर्णय
२०८० असोज १४ गते १३:३०

१४ असोज २०८० काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरि ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिने आयल निगमलाई निर्देशन दिएको हो ।
आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको थियो ।
यसैगरी बैठकले डिल्लीराज आचार्यको संयोजकत्वमा सुन तस्करी छानबीन आयोग गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया