बिशेष

प्रोटोकल मिचेर कूटनीतिक मर्यादाको खिल्ली उडाउँदै प्रधानमन्त्री पुत्री गंगा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १० गते २०:४२
प्रोटोकल मिचेर कूटनीतिक मर्यादाको खिल्ली उडाउँदै प्रधानमन्त्री पुत्री गंगा (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । अन्तर्राष्ट्रिय सभा–समारोहमा जाँदा होस् वा उच्चस्तरीय स्तरीय भ्रमणमा होस् कुटनीतिक मर्यादाको ख्याल राख्नुपर्छ ।

बोल्ने शैलीदेखि हाउभाउसम्मको ख्याल राख्नका लागि परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको छुट्टै डेस्क राखिएको हुन्छ । तर, मन्त्रालयले ख्याल नगर्दा कुटनीतिको धज्जी उड्ने गर्दछ । यो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगा दाहाललाई औपचारिक द्वीपक्षीय छलफलमा सरिक गराएर कुटनीतिको मजाक उडाउनुभएको छ ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डको पहिलो दिन चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको साइडलाइन वार्ताको यो दृष्य एक पटक हेरौँ ।
तपाईलाई केही नौलो लागेन ? अब एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको दुईपक्षीय छलफलमा हुँदाको यो तस्वीर हेरौँ ।

एउटा तस्वीरमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल देखिन्छिन् भने अर्कोमा देखिन्नन् । यो दुई दृष्यले नेपालको कुटनीतिक अनुशासन देखाउँछ । कुटनीतिमा दुईदेशबीचको महत्वपूर्ण छलफल भइरहँदा प्रधानमन्त्रीको न श्रीमती न छोरी सहभागी हुन पाउँछन् । तर, फस्ट लेडी भनेर सँगै लगिएको गंगा कुन हैसियतमा यो बैठकमा सहभागी भइन् ? कसैसँग जवाफ छैन ।

खासगरी सरकार प्रमुखले यस्ता उच्चस्तरीय भ्रमण गर्दा हुने प्रतिनिधिमण्डलस्तरीय बैठकहरूमा दुवै देशका उच्च सरकारी अधिकारीहरू मात्र सहभागी हुने गर्छन् । किनकी दुईपक्षीय मुद्दामा सरकार प्रमुखलाई छलफलका लागि सघाउन राखिने गरिन्छ । गंगालाई यसरी बैठकमा सहभागी गराएपछि कुटनीतिक मामिलाका जानकारदेखि जनताले गम्भीर प्रश्न उब्जाएका छन् ।

श्रीमती वा निकट पारिवारिक नातेदारको हैसियतमा औपचारिक भ्रमण दलमा सहभागी भएर जाने व्यक्तिहरू दिवा वा रात्रीभोज बाहेक मूलभूत रूपमा आतिथेय मुलुकका विभिन्न स्थानहरूको अवलोकनमा बढी केन्द्रित हुनुपर्दछ ।

फस्ट लेडी बनेर गएकी गंगा खासमा भ्रमणमा जानुपर्ने हो । तर, उच्च सरकारी अधिकारी झैँ बैठकमा बस्ने,सँगै फोटो खिच्ने काम गरेर कुटनीतिको धज्जी उडाएकी छन् । र, कुटनीतिलाई मजाक बनाउने प्रमुख दोषी परराष्ट्र मन्त्रलाय हो । मन्त्रालयमा यस किसिमका कुटनीतिक अनुशासन कायम गर्न शिष्टाचार महापालको व्यवस्था गरिएको हुन्छ । तर, के महापालले प्रधानमन्त्री प्रचण्डलाई यति पनि भन्न सकेनन् होला त रु प्रश्न उठाएको भए चिनियाँ समकक्षी लि छ्यिाङसँगको दुईपक्षीय छलफलमा गंगा बस्दिन थिइन् होला । तर, त्यहाँ पनि कुटनीतिको मजाक उडाइयो ।

उच्चपदस्थ व्यक्तिलाई विदेश भ्रमणमा जाँदा विभिन्न कुरामा सहयोगको आवश्यकता पर्न सक्ने भन्दै त्यसका लागि भ्रमण दलमा एक जना परिवारको सदस्य हुनु नौलो होइन । तर, लिसो टाँसिएझैँ गरी उच्चस्तरीय भेटमा पनि सहभागी हुनुले गंगाको मात्र नभई प्रचण्डकै पनि बेइज्जत भएको छ ।

हुन त प्रधानमन्त्री प्रचण्ड र गंगाबाट कुटनीतिकको मजाक उडाइएको पहिलोपटक भने होइन । त्यसअघि जेठ १७ मा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटका क्रममा कुटनीतिक प्रशासनिक कर्मचारीझैँ गंगा सोफामा बसेकी थिइन् । भारततर्फबाट कुराकानी नोट गर्ने विदेश सचिव विनय मोहन क्वात्रा थिए । यताबाट भने गंगा हातमा मोबाइल लिएर बसेकी थिइन् ।

प्रधानमन्त्रीकी छोरी देखिने तर, कूटनीतिक प्रशासनिक कर्मचारी सहभागी नगराइएको भन्दै आलोचना भयो । त्यसपछि जेठ १८ गते भारतीय समकक्षी मोदीसँगको भेटपछि प्रधामन्त्री प्रचण्डले ‘भिजिटर डायरी’मा लेख्दै गर्दा उनीहरूसँग गंगा पनि उभिइन् । र, यो तस्वीर बिजेपीको मुख्यालयमा जाँदा प्रधानमन्त्री र बिजेपीका अध्यक्षसँगको सामुहिक तस्वीरमा गंगा पनि मिसिइन् ।

कुटनीतिमा उच्च पदस्थ व्यक्तिले गर्ने हरेक क्रियाकलापको अर्थ हुन्छ । भारतमा हुँदा दुईपक्षीय छलफलमा नबसेकी गंगा चीनमा भएका दुईवटा भेटवार्तामा प्रधानमन्त्रीसँगै बस्नुले कुटनीतिको धज्जी उडाइरहँदा कुटनीतिमा जानिफकार चीनले कस्तो अर्थ लगाउँदै होला ? यतिसम्मकी निर्लज्जता गंगा र प्रधानमन्त्री प्रचण्डले कसरी देखाउन सकेको ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्