बिशेष

प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा

हिमालय टिभी
२०८० असोज १० गते १३:२२
प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा

१० असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चीनको छिङछोङ शहरबाट ल्हासा पुग्नु भएको हो । प्रधानमन्त्रीलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उहाँले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ।

त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका छ ।

प्रधानमन्त्री आज ल्हासामा नै बस्ने कार्यक्रम छ। प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित सदस्य छन् । प्रधानमन्त्री हिजो बेइजिङबाट छिङछोङ शहर पुग्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्