बिशेष

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ सकमक्षी छ्याङबीच भेटवार्ता हुँदै

हिमालय टिभी
२०८० असोज ८ गते ८:३७
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ सकमक्षी छ्याङबीच भेटवार्ता हुँदै

८ असोज २०८० बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ ।

वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने सम्भावना छ ।

व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ । औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । हाङचउ शहरमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको बैठकपछि प्रधानमन्त्री हिजो बेइजिङ पुग्नु भएको हो ।

व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ । नेपाल र चिनियाँ प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताअघि प्रधानमन्त्री प्रचण्ड लाई तियानमेन स्क्वायरमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड कृषि तथा औद्योगिक विकासको अवलोकनका लागि छोङछिङ नगरपालिकाका र तिब्बत स्वायत्त क्षेत्र ल्हासा पनि जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *