बर्खे झरी रोकिएसँगै पूर्वी पहाडी जिल्लाहरुमा मनोरम दृष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ५ गते १६:१९
बर्खे झरी रोकिएसँगै पूर्वी पहाडी जिल्लाहरुमा मनोरम दृष्य (भिडियो रिपोर्टसहित)

५ असोज २०८० पाँचथर । बर्खे झरी रोकिएसँगै पूर्वी पहाडी जिल्लाहरुमा मनोरम दृष्य देखिन थालेका छन् । प्रकृतिका अनुपम दृष्यहरुले पर्यटकका लागि घुम्ने समय सुरु भएको प्रतीत हुन थालेको छ । घमाइलो मौसम र प्रकृतिको विचरणका लागि उपयुक्त वातावरण तयार भएको देखिन्छ ।

इलाम, पाँचथर, ताप्लेजुङका विभिन्न ठाँउहरु घुम्दै रमाउने बेला सुरु भएको छ । झापाबाट पहाड उक्लिँदै गर्दा इलाममा ग्रिन कार्पेटझै चिया बगानले स्वागत गर्छ ।

हिमाली दृष्य, धार्मिक सम्पदा, ग्रामीण जनजीवन तथा स्थानीय परिकारहरु पर्यटकको स्वागत गर्न आतुर छन् । यी दृष्य छिचोल्दै विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजङ्घाका साथै कुम्मकर्ण लगायतका हिमालको दर्शन गराउन तयार भइसकेको छ ताप्लेजुङ ।

चर्चित धार्मिक गन्तव्य पाथीभारा मन्दिर, महागुरु फाल्गुनन्दको ध्यान, तपस्या तथा सामाधिस्थल पनि ताप्लेजुङमै छ । असोजदेखि मंसिरसम्मका घुम्नका लागि हिमाली र उच्च पहाडी क्षेत्रका तिम्बुपोखरी, माई पोखरी जस्ता गन्तव्य पर्यटकको पर्खाईमा छन् ।

सडक सुविधा विस्तार भएकाले घुम्न जान सजिलो छ । छोटो तथा लामो पदयात्रा गर्न सकिने, ठाउँ ठाउँमा खोलिएको होमस्टेमा बास बस्न पाइने र स्थानीय संस्कृति र खानपानको स्वाद मजाले लिन पाइने । स्थानीयहरु पर्यटकको स्वागतका लागि आतुर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *