बेगनास ताल क्षेत्र अतिक्रमण गरेर होटल र रेष्टुरेन्ट (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३१ गते १६:१८
बेगनास ताल क्षेत्र अतिक्रमण गरेर होटल र रेष्टुरेन्ट (भिडियो रिपोर्टसहित)

३१ भदौ २०८० कास्की । पछिल्लो एक दशकमा पर्यटकको चाप बढेसँगै पोखराको दोस्रो ठूलो ताल बेगनास ताल वरपर होटल रेष्टुरेन्ट खुल्न थालेका छन् । तर, ती रेष्टुरेन्टहरु मापदण्ड मिचेर बनाइएका छन् ।

फेवाताल थप अतिक्रमणमा हुन नदिन सर्वोच्च अदालत फैसला कार्यान्यनलाई कार्यान्वयन गराउन नसकेको स्थानीय सरकारको काँधमा बेगनास बचाउने अभिभारा समेत थपिएको छ । तर, ताल संरक्षणको जिम्मा पाएको सरकारी निकाय भने अन्देखा गरिरहेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर(३१ लिब्दीमा रहेको बेगनास तालभित्रै रेष्टुरेन्ट सञ्चालन गरिएको छ । सुरेन्द्र कँडेलले तालमा माछा पालनका लागि बनाइएको अस्थाई बाँधलाई पक्की बनाएर त्यहीँमाथि रेष्टुरेन्ट चलाइरहनु भएको छ ।

बेगनासताल वरपर करिब ३० वटा अवैध संरचना बनाएर व्यवसाय गरिँदै आएको छ । तालको एक सय मिटरको मापदण्डलाई लत्याउदै व्यक्तिले स्थानीय सरकारको स्वीकृतिबिना संरचना खडा गरिरहेका छन् । यो बढ्दो क्रममा छ ।

पिप्ले, माझीकुना, लिब्दी, स्याङ्खुदी लगायतका ताल किनारमा मानवीय अतिक्रमण बढ्दो छ । पर्यटन व्यवसायको नाममा रेष्टुरेन्ट, होटल खोल्ने धेरै छन् । बेगनासतालको मापदण्ड १ सय मिटर तोकिएको छ । पोखरा महानगरका निर्वतमान प्रमुख मानबहादुर जीसीले बेगनासको मापदण्ड घटाएर ५५ मिटर बनाउनु भएको थियो ।

पछि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न र पुरानै कायम गर्न आदेश दियो । प्राकृतिक सम्पदा संकटमा पर्ने गरी दोहोन हुँदा राज्यको उपस्थिति कमजोर देखिएको छ । राजनीतिक शक्तिको आड र पैसाको समेत चलखेलले पछिल्लो समयमा बेगनास ताल संरक्षणमा समस्या भएको स्थानीय सरकार नै स्वीकार गर्छ ।

तालसँगै जोडेर संरचना बनाउने मात्र हैन माझीकुनामा तालसँगैको सार्वजनिक जग्गाको समेत दुरुपयोग भइरहेको छ । मुआब्जा पाइसकेका कतिपय जग्गाधनीले आफ्नो जग्गा छाडेका छैनन् । ताल किनारमै बनेका संरचनाबाट निस्कने फोहर उचित व्यवस्थापन नहुँदा प्रदूषण बढिरहेको छ । तालको संरक्षणमा समयमै कदम नचाल्ने हो भने फेवा तालको जस्तै बेगनास पनि कुरुप बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *