६० किलो सुन तस्करी प्रकरणमा आज मुद्दा दर्ता हुँदै
२०८० भदौ ३१ गते १३:०४

३१ भदौ २०८० काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा आज मुद्दा दर्ता हुँदैछ ।
सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको हो । प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदनको अध्ययन पश्चात जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
पछिल्लो ११ महिनामै करिब ३६३ किलो सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।
उनीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउन सिआइबीको सुझाव छ। पक्राउ पर्नेमा ९ जना विदेशी नागरिकसहित भन्सार कर्मचारी, भन्सार एजेण्टसहित रहेका छन् ।
प्रतिक्रिया