सुनवलको मामी सतिसावरिया : ऐतिहासिक र पुरातात्विक महत्वको स्थल, संरक्षणमा लागे स्थानीय (भिडियो रिपोर्टसहित)

२०८० भदौ २९ गते १६:४८
सुनवलको मामी सतिसावरिया : ऐतिहासिक र पुरातात्विक महत्वको स्थल, संरक्षणमा लागे स्थानीय (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० नवलपरासी पश्चिम । गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको पश्चिम नवलपरासीको सुनवलमा रहेको मामी सतिसावरिया ऐतिहासिक र पुरातात्विक महत्वको स्थल मानिन्छ ।

आठ सय वर्षभन्दा अघिको अभिलेख, पुराना ईटा, इनार, भाँडाकुँडा लगायतका सामग्री भेटिएपछि यस स्थलमा पुरातात्विक महत्वका अन्य तथ्य पनि भएको हुन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले संरक्षण र प्रवर्द्धनमा कुनै चासो नदेखाएपछि स्थानीय आफैं यसको संरक्षणमा लागेका छन् ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर ११ भडेरीस्थित धार्मिक स्थल मामी सतिसावरिया संरक्षण तथा प्रर्वद्धनको पर्खाइमा छ । वि।सं। १२१२ को अभिलेखसँगै पुराना ईटा, इनार, भाँडाकुँडा भेटिएको छ । यसलाई उत्खनन गरेमा पुरातात्वीक महत्वको धेरै बस्तु फेला पर्न सक्ने स्थानीय बताउँछन् ।

अभिलेख भेटिएको बारेमा पुरातत्व विभागलाई खबर गरे पनि विभागले कुनै चासो नदेखाएको आरोप स्थानीयको छ । त्यसैले उनीहरु आफैं संरक्षणमा जुटेका हुन। हरितालिका तीजको दिन यहाँ मेलाको आयोजना गरिन्छ । मेलामा नेपाल र भारतबाट पनि श्रद्धालु पुग्ने गरेका छन् ।

मामी सतिसावरियाको विकासको लागि सुनवल नगरपालिकाले डिपीआर तयार गरेर संरक्षणका लागि बृहत आयोजना ल्याउने तयारी गरेको छ ।

प्राचीन समयमा रामराज नाम गरेको राजाले यस क्षेत्रमा दरवार बनाएर वसेको र रानी सतिसावरियाको नामबाट यस क्षेत्रलाई मामी सतिसावरिया भनिएको किम्वदन्तीछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *