लोप हुँदै रैथाने बाली (भिडियो रिपोर्टसहित)

२०८० भदौ २९ गते १६:४३
लोप हुँदै रैथाने बाली (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० पाँचथर । धेरै उत्पादन गर्ने नाममा हाइब्रिट र विदेशबाट आयातित बीउले रैथाने बाली र बीउ प्रतिस्थापन गर्न थालेका छन् । जसका कारण नेपालको हावापानी र माटो सुहाउने परम्परागत बीउ लोप हुन थालेका छन् ।

मध्यपहाडी जिल्लाहरुमा लगाइँदै आएको खाद्यान्न, फलफूल, तरकारी तथा दलहनका परम्परागत बीउ लोप हुँदै गएका छन् । आयातित र विकासे बीउले छिटो र धेरै उत्पादन दिने भएकाले किसान स्थानीय बीउविजन विर्सिन थालेका छन् ।

धान, मकै, कोदो जस्ता खाद्यान्न बालीको पनि रैथाने उत्पादन घट्दै गएको छ । पहाडमा आलुको बीउ समेत तराई र भारतबाट आयात हुन्छ ।

गाउँमा पाइने गोलभेंडा अचेल देख्न देखिँदैन । मुला, गोलभेंडा, प्याज, लसुन, साग, सिमीलगायतका बालीको बीउ समेत बजारमा किनेर रोपिन्छ । बाली फल्ने बेलामानै बीउको जोहो चलन हराउँदै गएको छ ।

परम्परागत रुपमा संरक्षित हुँदै आएका रैथाने बालीको उत्पादन वातावरण अनुकुलित र स्वादिलो हुन्छ । मध्यपहाडका गाउँहरुमा अहिले सजिलोका नाममा रैथाने बीउको प्रयोग हुनै छाडेको छ ।

परम्परागत रुपमा संरक्षित रैथाने बीउको प्रयोग, संरक्षण बढाउँदै भोलिका दिनसम्म भूगोल, वातावरण अनुकुल उत्पादनमा जोड दिन आवस्यक रहेको कृषि विज्ञको सुझावछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *