Main News

गण्डक नहर : ५० बर्ष अघि बनेका संरचना जीर्ण (भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते १७:२१
गण्डक नहर : ५० बर्ष अघि बनेका संरचना जीर्ण (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० बारा । २०१६ सालमा नेपाल भारतबीच गण्डक सम्झौता भई करिब १० वर्षको अवधिमा गण्डक नहर निर्माण सम्पन्न भएको थियो ।

सम्झौता अनुरुप भारतले नेपालतर्फको भू–भागमा पुल, पुलेसा र कल्भर्ट निर्माण गरेको थियो । करिब ५० बर्ष अघि बनेका यी संरचना यतिखेर भने जीर्ण अवस्थामा छन् ।

पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहुँ दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्लाअन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा छ ।

गण्डक नहरमा सिँचाइ प्रणालीको सवारीसाधन सञ्चालनका लागि भनेर ५ दशकअघि निर्माण गरिएको त्यस्ता पुलबाट ठूला मालबाहक ट्रक, साना ठूला बस र ट्याक्टरजस्ता सवारीसाधन अव्यवस्थित रुपमा सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर जीर्ण अवस्थामा पुगेका छ ।

त्यस्तै यी दुवै जिल्ला हुँदै बग्ने जमुनी, तियर, त्रिवेणी तथा अरुवा नदीमा निर्माण भएका पुराना पुल पनि ठाउँठाउँमा भत्किएको छ । यी पुलका क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रकदेखि अन्य सवारीसाधन सञ्चालनका कारण जीर्ण भएका पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन् ।

अहिले पर्साको जानकी टोलदेखि रौतहटसम्म नहरको बाटो भने सडक विभागले भर्खरै कालोपत्रे गरिदिएको छ । तर पुल भने जस्ताको तस्तै छ । नहरका सडक मर्मत गरेको सडक विभागले पनि जीर्ण पुल बनाउने ठेक्का लगाउने पहल थालेका छ । पुल नबनाए आफूहरुले पञ्चवर्षीय योजनामा नहरको पुल बनाउने योजना समावेश गर्ने तयारी गरिएको छ ।

सूचना अधिकारी, नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगञ्ज
गण्डक नहरमाथि बनाइएका सबै पुलमा एकोहोरो मात्र गाडी हिँड्न मिल्ने गरी बनेकाले यात्रा जोखिमपूर्ण छ । गण्डक सम्झौताअनुसार गण्डक नहर र त्यससँग सम्बन्धित क्षेत्रका सम्पूर्ण भौतिक निर्माण, मर्मत र रेखदेखको जिम्मा भारत सरकारले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *