प्लास्टिकका सामग्रीका कारण चोयाबाट बन्ने सामग्री संकटमा (भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते १७:१७
प्लास्टिकका सामग्रीका कारण चोयाबाट बन्ने सामग्री संकटमा (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० धादिङ । प्लास्टिकका सामग्रीका कारण परम्परागत चोयाबाट बन्ने सामग्री संकटमा परेका छन् ।

परम्परागत रूपमा डोको, कुचो, डालो, थुन्से लगायतका बाँसका सामग्रीको प्रयोग घटेसंगै कतिपयको पुख्र्यौली पेसा नै संकटमा पर्नुका साथै जीविकोपार्जनमै असर परेको छ । सरकारले बजारीकरणमा सहयोग नगरेको परम्परागत पेशा अंगालेकाको गुनासो छ ।

धादिङको गजुरी गाउँपालिका ४ स्थित चौकीभञ्ज्याङ्गका साइँला चेपाङले विगत ४५ वर्षदेखि चोयाबाट बनेका सामग्री बुनेर गुजारा चलाउँदै आएका छन् । चोया काटेर डोको, डालो, भकारी र थुन्से बुनेरै साइँलाको दिन बित्छ ।

पहिले पहिले चोयाबाटै बनेका सामाग्री बेचेरै सहजै परिवार पाल्दै आएका साइलालाई हिजो आज भने हातमुख जोड्नै धौ धौ हुन थालेको छ । चोयाका सामग्रीको स्थान प्लास्टिकका सामाग्रीले लिनु र आफ्ना उत्पादनको बजारीकरणमा सहयोग नगर्दा अहिले आम्दानी घट्दै गएको हो । विगतमा जस्तो आफ्ना उत्पादन बिक्री हुन छाडेको उहाँको गुनासो छ ।

साइँलाले बुनेका डोको डालो बेच्न बजार भने श्रीमती तिलकुमारी चेपाङले पु¥याउँदै आउनुभएको छ । पछिल्लो समय माग नै आउन छाडेको उहाँको दुखेसो छ ।

साइँला र तिलकुमारी मात्रै नभएर चोयाका सामग्री बिक्न छाडेपछि यहाँ अन्य परिवारको पनि आम्दानीको स्रोतसुक्दै गएको छ । दिनभर एउटा डोको बुनेर बजार लगेपनि पाँच सय आउने, त्यो पनि उधारो छाड्नु पर्ने बाध्यता छ । कति त पलायन भइसकेका छन् ।

गाउँपालिका चौकी भञ्ज्याङ्ग नेवारबासमा ९२ घर परिवारको मुख्य पेशा नै डोको डालो बुन्ने हो । तर पछिल्लो समय बिक्री वितरण हुन छाडेपछि विकल्प खोज्न थालेका छन् । स्थानीय सरकारले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग नगरेको पुर्खेयौली पेशामा आवद्धहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *