सुन तस्करी प्रकरण : हाइप्रोफाइललाई प्रतिवादी नबनाइने डियो रिपोर्टसहित)
१६ भदौ २०८० काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सुरु भएको ५६ दिनपछि सीआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा राजनीतिक दलका नेतासँग नाम जोडिएकालाई प्रतिवादी बनाइएको छैन ।
बरु अनुसन्धान जारी नै रहीरहँदा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर अनुसन्धान टुंग्याइएको छ ।
६० किलो सुन तस्करी प्रकरणको मुख्य योजनाकार चिनियाँ गिरोह भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान निष्कर्षमा पुर्याएको छ । सुन तस्करी र संगठित अपराधको कसूरमा अनुसन्धान सकेर सीआईबीले बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिललाई बुझाउन सीआईबीले तयार गरेको रायमा सुन तस्करी प्रकरणका मुख्य योजनाकार चिनियाँ नागरिकको गिरोहलाई मानिएको छ ।
नेपालमा व्यवस्थापनको जिम्मेवारी भने तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले लिएको निष्कर्षमा उल्लेख छ । साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहित १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । त्यसबेला भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका थिए ।अर्को दिन रेडी ट्रडका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ लगायत पक्राउ परेका थिए ।
विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराध पनि आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्वरभन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको छ ।
मुख्य अभियुक्त किटान गरिएका एलेक्सलाई राजनीतिक, प्रशासनिक र अन्य संयन्त्रसँग सम्पर्करसम्बन्ध बनाउने भूमिका दावा छिरिङले खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुन तस्करीकै लागि दावा र उसको कनेक्सनमा रहेको सञ्जालले फर्जी विवरणमा काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी निकालेको पनि भेटिएको छ ।तस्करीका केही योजनाकार फरार रहेकाले उनीहरूको हकमा पछि अनुसन्धानबाट खुलेबमोजिम हुने गरी मुद्दाको अभियोजन गर्नुपर्ने उल्लेख छ । अनुसन्धानका क्रममा चिनियाँसहित ९ विदेशी र २१ नेपाली नागरिक पक्राउ परेका छन् ।
सुन तस्करी अनुसन्धान प्रतिवेदनमा कसको भूमिका के ?
सेटिङ मिलाउने
दावा छिरिङ तिब्बती मूलका बेल्जियन
सुन ल्याउने चिनियाँ
एलेक्स भन्ने याओ फुचेङ मुख्य अभियुक्त
नेङकाई ली,
सेग फा दिङ
अली भन्ने वेन ती सुङ ली
लिन जिक्वाङ
तस्करका सहयोगी
कृष्णकुमार श्रेष्ठ, ट्रान्स ग्लोबलका सञ्चालक
पुष्करराज भट्ट, ट्रान्स ग्लोबलका सञ्चालक
राजनकुमार श्रेष्ठ, एलिस ट्रान्स ग्रुपका सञ्चालक
छिरिङ थुप्तिन, तिब्बती मूलका भारतीय नागरिक
रामकुमार भुजेल, सुन गोदाममा लैजाने
हर्कराज राई, सुन गोदाममा लैजाने
दावा छिरिङका साझेदार
किशोर बस्नेत
रेडी ट्रेडका सञ्चालक
दिलिप भुजेल
भन्सार एजेन्ट
राजेन्द्रकुमार राई
यादव पराजुली
रुक्मिना सुब्बा, हाजिरीमा रिहा
सुदर्शन गौतम
सामान छुटाउने कर्मचारी
सन्तोष चन्द, अधिकृत
पुष्पा जोशी, अधिकृत
गणेश पौडेल, अधिकृत
कमल परियार, नासु
वीरेन्द्र नेपाली, नासु
सरोज श्रेष्ठ, नासु
कुमार ढकाल, खरिदार
ट्याक्सी चालक
अशोक लामा
चिनियाँलाई घर खोज्ने
नरेश तामाङ
तस्कर भगाउने भूमिका
तियान मी र वेन योङ, ठमेलमा रेस्टुराँ सञ्चालक
व्यापारी र भारतसम्म पुर्याउने
सुमन खरेल
शिव सर्राफ
यो प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध देखिएको थियो । रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् दावाले त्यो सम्बन्धको दुरुपयोग गरेर गैरकानूनी गतिविधि गरिरहेको खुलेको छ । माओवादी नेता वर्षमान पुन, तत्कालीन उपरराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लगायतसँग उनले खिचाएको फोटो सार्वजनिक भएको थियो । सीआईबीले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको पनि दावासँग सम्बन्ध रहेको देखेपछि बयान लियो । तर उनीहरू प्रतिवेदनमा प्रतिवादी बनेका छैनन् ।
दावासँग सम्बन्ध देखिएको भन्दै पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग पनि बयान लिएको थियो। उनी पनि यसमा प्रतिवादी बन्ने छैनन् । हङकङ र भारतमा अनुसन्धानको फरकफरक टोली पुगेको छ । त्यो अनुसन्धान अझै बाँकी छ । चिनियाँलाई नक्कली नागरिकता बनाइदिने अझै पक्राउ परेका छैनन् । तर, चिनियाँमै केन्द्रित हुँदै सीआइबीले भीआइपीलाई भने जोगाउन खोजिरहेको प्रतिवेदनमा देखिन्छ । सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दता भएपछि कस्तो मुद्दा चलाउने निर्क्योलसहित यो विषय अदालत जानेछ ।
प्रतिक्रिया