Main News

सीसीटीभी प्रयोगबारे के भन्छ कार्यविधि ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ २२ गते २१:०९
सीसीटीभी प्रयोगबारे के भन्छ कार्यविधि ? (भिडियो रिपोर्टसहित)

२२ भदौ २०८० काठमाडौं । अहिले शहरी क्षेत्रको अधिकांश क्षेत्र सीसीटिभीको निरगानीमा छ । सार्वजनिक स्थानहरुमा मात्रै नभएर व्यक्तिका घर घरमा ठूलो संख्यामा सीसीटिभी जडान गरिएको देखिन्छ। सीसीटिभी जडान र सञ्चालनका विषयमा कार्यविधि नै बनेको छ । सीसीटिभी जडान र सञ्चालन सम्बन्धमा कस्तो व्यवस्था छ त ?

क्लोज सर्किट क्यामेरा अर्थात् सीसीटीभी सुरक्षाको भरपर्दो माध्यम बन्दै गएको छ । राज्यका निकायका लागि मात्रै भएर व्यक्तिका लागि समेत सुरक्षाको अनुभूति दिलाउने साधन बनेको सीसीटीभी शहरी क्षेत्रमा व्यापक रुपमा प्रयोग भैरहेको छ । प्रहरी लगायत सुरक्षा निकायका लागि सीसीटीभी अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि मात्रै नभएर सवारी र्दुघटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनमा पनि प्रभावकारी माध्यम बन्दै गएको छ । सीसीटीभीकै माध्यमबाट प्रहरीले गम्भीर अपराधका घटनाको अनुसन्धानमा सफलता पनि प्राप्त गरिरहेको छ ।

कतिपय अवस्थामा भने सीसीटीभी दुरुपयोग गरिएका घटनाहरु पनि बाहिर आउन थालेका छन् । सीसीटीभीबाट लिएको भिडियोलाई बार्गेनिङको हतियार बनाउने जोखिमसमेत बढिरहेको छ ।

सीसीटीभीको सही जडान र सञ्जालनका लागि कार्यविधि छ । सीसीटीभीको प्रयोगलाई व्यवस्थित र नियमनका लागि जडान र सञ्चालन सम्बन्धी कार्यविधि २०७२ र संशोधन तथा परिमार्जन २०७५ जारी भएको छ । जस अन्तर्गत सीसीटी जडान गर्नुको उदेश्य, वर्गीकरण र व्यवस्थापनको बिषय उल्लेख गरिएको छ । कार्यविधिमा सीसीटीभी प्रयोगलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

क. सार्वजनिक स्थलहरुमा प्रयोग हुने सीसीटीभी क्यामेरा
जस अन्तर्गत सीसीटीभीको निगरानीबाट आपराधिक व्यक्तिको मनोविज्ञानमा असर पुर्‍याई अपराध नियन्त्रण र अनुसन्धान गर्नु
ट्राफिक व्यवस्थापन, नियमन गरी दुर्घटना न्यूनीकरण गर्नु र सवारी दुर्घटनाको अनुसन्धान
उच्च पदस्थ व्यक्तिहरुको सहज आवागमन मिलाउनेदेखि सुरक्षा व्यवस्थापन गर्ने।
सार्वजनिक स्थलहरुमा आम नागरिकलाई सुरक्षाको प्रत्याभूत गर्ने ।
ख. व्यापारिक प्रयोजनका लागि प्रयोग हुने सीसीटीभी क्यामेरा
जस अनुसार व्यापारिक केन्द्रहरु जस्तै बैंक, वित्तीय संस्था,सपिङ मल, होटल, कन्फ्रेन्स हल, सेवा सेन्टर, मूल्यवान बस्तु तथा गरगहनाको कारोबार हुने स्थलहरुमा प्रयोग हुने सीसीटीभी क्यामेरा ।
व्यापार तथा व्यवसायी, कम्पनी वा संघ संस्थाहरुमा जडान गरिने सीसीटीभी क्यामेराहरु ।
ग. व्यक्तिले आफ्नो सम्पत्तिको सुरक्षाका लागि निजी परिसरमा जडान गरिने सीसीटीभी ।

सीसीटीभीलाई मर्यादित र व्यवस्थापन बनाउने विषय

सीसीटीभी जडान गरेको जानकारी १५ दिनभित्र सुरक्षा इकाइ वा सम्बन्धित जिल्ला प्रशासनमा दिनुपर्छ ।
सीसीटीभीको सुवेरीवेक्षण र निगरानी जडान गर्ने निकाय आफैले गर्नुपर्ने ।
खिचिएका दृश्यहरु गोप्य र सुरक्षित रुपमा राख्नु पर्ने ।
सीसीटीभी फुटेज सुरक्षाकर्मी वा सरकारी निकायले मागेको खण्डमा तत्काल उपलब्ध गराउनु पर्ने ।
सीसीटीभीबाट खिचिएका दृश्य कम्तिमा तीन महिना सुरक्षित रुपमा राख्नु पर्ने ।
खिचिएका फुटेज वा भिडियो मोडिफाई गरी व्यवसायिक प्रयोग गर्न नपाइने ।
भीभीआईपी र भीआईपीहरुका निजी फुटेजहरु सार्वजनिक प्रयोग गर्न–गराउन नपाइने ।
मानवअधिकार उल्लंघन हुने गरी सीसीटीभी जडान गर्न र फोटो लिन नपाइने ।
सीसीटीभी बिग्रिएर मर्मत गर्न परेमा, हटाउनु परेमा, परिवर्तन वा फेरबदल गर्नु परेमा स्थानीय निकाय वा प्रहरीलाई अनिवार्य लिखित जानकारी गराउनु पर्ने ।
सीसीटीभी जडान गर्नु अघि र जडान गरिसकेपछि पनि सरकारले जारी गरेको कार्यविधिको पालना गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *