चेपाङ समुदायमा छोनामको रौनक (भिडियो रिपोर्टसहित)

२०८० भदौ २२ गते १६:११
चेपाङ समुदायमा छोनामको रौनक (भिडियो रिपोर्टसहित)

२२ भदौ २०८० धादिङ । प्रकृति पूजक चेपाङ समुदायले न्वागी अर्थात् छोनाम पर्व मनाएका छन् । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रुपमा परिचित यो पर्वमा कुलभरिका मानिस मुल झाँक्रीको घरमा जम्मा भएर धुमधामसाथ मनाउने गर्दछन् ।

बिहीबार रातभर धादिङका चेपाङ समुदायले आफ्नो मुख्य पर्व छोनाम मनाए ।

चेपाङ अर्थात् प्रजा समुदायले मनाउने न्वागी पर्व रमाइलो र चाखलाग्दो छ। पितृ बुझाउने र भूमिपूजा गरेपछि मात्र यसबर्ष फलेका अन्नबाली खान मिल्ने विश्वास छ । कुलभरिका मानिस जम्मा भएर मुल झाँक्रीको घरमा झाँक्री फलाक्दै यो पर्व मनाउने गरिन्छ । यो पर्वमा घैया धान गाभा, निबुवा, घिरौला लगायतका कन्दमुल र तरकारी पितृलाई बुझाउने प्रचलन रहेको छ ।

यो पर्व चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गतेको दिन मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा छ । यसका लागि चेपाङ झाँक्री अर्थात् पान्देहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन छ ।

यो पर्वको अवसरमा प्रदेश सरकारले चेपाङ बाहुल्य तीन जिल्ला चितवन, धादिङ्ग र मकवानपुरमा सार्वजनिक बिदा दिएको छ । जमिनमा खरिया खन्ने, जंगलमा सिकार गर्ने र कन्दमुल खोज्ने र माछा मारेर जिविको धान्ने चेपाङहरुको परम्परा नै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *