बिदाको दिन सेवा : आउँदैनन् सेवाग्राही (भिडियो रिपोर्टसहित)

२०८० भदौ २० गते २०:५३
बिदाको दिन सेवा : आउँदैनन् सेवाग्राही (भिडियो रिपोर्टसहित)

२० भदौ २०८० गुल्मी । कार्यालय खुल्ने दिन सेवाग्राहीको भीडभाड भएपछि सरकारले सरकारी बिदाका दिन केहि कार्यालयबाट सीमित प्रकारका सेवा दिने निर्णय गर्‍यो। तर, कार्यालयमा सेवा लिन सेवाग्राही नआउँदा यसको प्रभावकारीतामाथि प्रश्न उठ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मी बुधबार दिनभर जसो सुनसान रह्यो । हुन त श्रीकृष्ण जन्माष्टमीका परेकाले क्यालेण्डरमा रातो लगाइएको थियो ।

संघीय सरकारले दिएको सार्वजनिक बिदामा पनि गुल्मीका प्रशासनसहित मालपोत, नापी र स्थानीय कार्यालय खुल्ला रह्यो । प्रायः सेवाग्राहीलाई बिदाको दिन सरकारी कार्यालय खुल्छन भन्ने थाहै छैन, त्यही भएर सेवा लिन जाने निकै कम भए अनि थोरै समयमै धेरै सेवा लिए ।

सार्वजनिक बिदा बाहेकका दिनमा जिल्ला प्रशासन, मालपोतलगायत कार्यालयमा दैनिक ८० देखि १०० जना सेवाग्राही पुग्ने गरेका छन् । संघीय मन्त्रीपरिषद्‍ले गत फागुन ११ गते मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको थियो । तर यो निर्णयबारे सेवाग्राही बेखबर हुँदा कर्मचारी सेवाग्राही पर्खिएर बस्न बाध्य हुन ।

सरकारले यो वर्ष दिएको सार्वजनिक बिदा मध्ये १७ दिन निश्चित कार्यालय खुल्ने छन । यसको जानकारी नागरिकले पाए, सार्वजनिक विदाका दिन सेवा लिनेको संख्या बढ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *