Main News

कूटनीतिक मर्यादा बिर्सदै चिनियाँ राजदूत, भारत नेपालको छिमेकी हुनु दुर्भाग्य भएको टिप्पणी (भिडियो रिपोेर्टसहित)

हिमालय टिभी
२०८० भदौ २० गते ७:३३
कूटनीतिक मर्यादा बिर्सदै चिनियाँ राजदूत, भारत नेपालको छिमेकी हुनु दुर्भाग्य भएको टिप्पणी (भिडियो रिपोेर्टसहित)

२० भदौ २०८० काठमाडौं । कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । अर्थात् कुटनीति मामिलामा बोल्दा हेक्का राख्नुपर्छ । समग्र देशको प्रतिनिधित्व गर्ने व्यक्तिले संयमता अपनाएर बोल्नुपर्छ । त्यसले पार्ने प्रभाव समग्र मुलुकले बेहोर्नुपर्ने हुन्छ ।

अहिले यस्तै आफ्नो बोलीमा लगाम लगाउन नसक्दा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ विवादमा तानिएका छन् । बेलबेला गैर जिम्मेवार अभिव्यक्ति दिने गरेका छन् ले यो पटक चीन, नेपाल र भारतलाई नै असर पर्ने गरी गैरकुटनीतिक अभिव्यक्ति दिएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जिम्मेबारी सम्हालेयता लगातार विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । २०२३ जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा उनले विमानस्थल चिनियाँ परियोजना बीआरआई अन्तर्गत रहेको विवादास्पद अभिव्यक्ति दिए ।

उनको अभिव्यक्तिपछि नेपाल सरकारले यो परियोजना बीआरआई अन्तर्गत हो होइन भनेर जवाफ दिनुपरेको थियो । यही अभिव्यक्तिपछि भारतले विमानस्थलबाट नेपाललाई हवाई रुट प्रदान गर्न आनाकानी गर्दै आएको छ ।

नेपालमा कुटनीतिक ओहदाका वरिष्ठ ब्यक्ति छन् ले गत शनिवार भने कुटनीतिक सीमा नै नाघेर अभिव्यक्ति दिए । नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका हुन् । राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरे । उनको अभिव्यक्तिमा नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने अर्थ सहजै लगाउन सकिन्थ्यो ।

दुर्भाग्यवश, तपाईंसँग भारत जस्तो छिमेकी छ, तर सौभाग्यवश तपाईंसँग भारत जस्तो छिमेकी छ, किनभने भारत एक विशाल बजार हो, तपाईं ट्याप गर्न सक्नुहुन्छ ठूलो सम्भावना छ । तर, नेपाल र अन्य छिमेकीहरूप्रति भारतको नीति त्यति मैत्रीपूर्ण र नेपालका लागि त्यति हितकर पनि छैन । त्यसैले त्यसलाई हामी नीतिगत बाधाहरू भन्छौं ।

तर, छन् यतिमा रोकिएनन् । उनले भारतसँगको विद्युत व्यापारमा नेपाल घाटामा छ । गर्व गर्ने क्षेत्रमै घाटा खाइरहेको नेपालले अर्थतन्त्रमा कसरी आत्मनिर्भर बन्नसक्छ सम्म भन्न भ्याए । उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको दावी गर्दै नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्ने गरेको बताए ।

भारत र चीनबीचको छिमेकी नेपाल हालसम्म दुवै मुलुकसँग पारस्परिक सम्बन्ध राख्दै आएको छ । खुला सीमाना रहेका कारण भारतसँग आर्थिक र व्यापारिक दृष्टिकोणले नेपाल नजिक छ । तर, चीन र भारतबीच कट्टर द्वन्द्व छ । सीमा समस्याले चीन र भारत एक अर्काका दुष्मन जस्तै हुन् । त्यसमाथि पछिल्लो समय चीनले जारी गरेको नयाँ नक्साले भारत रुष्ट बनेको छ । यस्तो बेलामा कुटनीतिक मर्यादाको समेत ख्याल नराख्दै चिनियाँ राजदूत छन्ले गरेको टिप्पणीले भविष्यमा असर गर्ने कुटनीतिक मामिलाका जानकार बताउँछन् ।

छन् नेपाल आएदेखि नै उनका अभिव्यक्ति विवादित हुने गरेका छन् । यसअघि उनले ड्रयागन रेशलाई ग्लोबल कल्चरल इनिसियटिभ जीसीआई को कार्यक्रम भएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ जीएसआई को चर्चा खुलेरै गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयले बेलैमा राजदूत छन्लाई कुटनीतिक मर्यादामा रहन नभने उनकै कारण भारतसँगको सम्बन्धमा दरार नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *