एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान, नतिजा आजै आउने

हिमालय टिभी
२०८० भदौ १९ गते १३:३४
एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान, नतिजा आजै आउने

१९ भदौ २०८० रुपन्देही । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा विपक्षीको बहस भइरहेको छ ।

आज सरकारी वकिल र मुख्यमन्त्री उद्धव थापाका कानुन व्यवसायीको बहस हुनेछ। रिटमाथि हिजो भएको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। विपक्षीको बहस सकिएपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस पनि सकिए आजै अदालतले फैसला सुनाउनेछ। हिजो न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते दायर गरेको रिटमाथि हिजोदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिनु संविधान विपरीत रहेको दाबी गर्दै एमालेले रिट दायर गरेको थियो। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। ​

सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कामचलाउ अवस्थामा छ। कोशी सरकार गठनको विवादमा यसअघि पनि दायर भएको रिटमाथि ३ न्यायाधीशको इजलासले निरन्तर सुनुवाइ गरी टुंगोमा पुर्‍याएको थियो। मुख्यमन्त्री थापासहित प्रतिवादीहरु सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन्।

मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनु भएको थियो । उहाँलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिनुभएको थियो। यसअघि तत्कालीन सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर समावेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले सर्वोच्चको फैसलापछि पद गुमाउनु परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *